Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुर बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स

बुधबार, ०५ बैशाख २०७५, १९ : २५ मा प्रकाशित

सेञ्चुर बैंक र  यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभएको छ ।

बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको