Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ९ महिनाको नाफा एक अर्ब ८० करोड

शुक्रबार, ०७ बैशाख २०७५, १० : ४८ मा प्रकाशित

एभरेष्ट बैंकको ९ महिनाको नाफा एक अर्ब ८० करोड


अर्थ संसार, काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले  गतवर्षको यही अवधिमा बैंकले १ अर्ब ५२ करोड खुद मुनाफा गरेकोे थियो ।

बैंकले चैत्र मशान्तसम्म १ खर्ब ६ अर्ब ९४ करोड निक्षेप संकलन गरी ८८ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १५ प्रतिशत तथा कर्जा १९ प्रतिशतले बढेको छ ।

बैंकले खुद ब्याज आम्दानी २१.५३ प्रतिशत तथा संचालन मुनाफा १८.८२ प्रतिशतले बढाएको छ । बैंकले चैत्रसम्म २ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बाट ३ अर्ब २५ करोड आर्जन गरेको छ ।

बैंकको सिडि रेशियो ७५.६५ प्रतिशत छ । अझै पनि बैकसँग कर्जा विस्तार गर्न प्रशस्त रकम रहेको देखिन्छ । बैंकको कोषको लागत ५.३९ प्रतिशत र आधार दर ८.१८ प्रतिशत छ ।

बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसाबाट २९ रुपैयाँ ९६ पैसामा झरेको छ । ४ अर्ब ६० करोडबाट चुक्तापूँजी बढाएर ८ अर्ब १० करोड पुर्याएको बैंकको पूँजी बढेको अनुपातमा कमाई नबढेपछि प्रतिसेयर आम्दानी खस्केको हो । बैंकको जगेडाकोषमा ५ अर्ब ८५ करोड रुपैयाँ छ ।

बैंकको खराब कर्जा ०.६७ प्रतिशतबाट ०.२३ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.६० गुणा कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको