एभरेष्ट बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष ( २०७४/७५) अर्थात चैत्र मसान्तसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेका छ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गतवर्षको यही अवधिमा बैंकले १ अर्ब ५२ करोड खुद मुनाफा गरेकोे थियो ।
बैंकले चैत्र मशान्तसम्म १ खर्ब ६ अर्ब ९४ करोड निक्षेप संकलन गरी ८८ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १५ प्रतिशत तथा कर्जा १९ प्रतिशतले बढेको छ ।
बैंकले खुद ब्याज आम्दानी २१.५३ प्रतिशत तथा संचालन मुनाफा १८.८२ प्रतिशतले बढाएको छ ।
बैंकले चैत्रसम्म २ अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बाट ३ अर्ब २५ करोड आर्जन गरेको छ ।
बैंकको सिडि रेशियो ७५.६५ प्रतिशत छ । अझै पनि बैकसँग कर्जा विस्तार गर्न प्रशस्त रकम रहेको देखिन्छ । बैंकको कोषको लागत ५.३९ प्रतिशत र आधार दर ८.१८ प्रतिशत छ ।
बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसाबाट २९ रुपैयाँ ९६ पैसामा झरेको छ । ४ अर्ब ६० करोडबाट चुक्तापूँजी बढाएर ८ अर्ब १० करोड पुर्याएको बैंकको पूँजी बढेको अनुपातमा कमाई नबढेपछि प्रतिसेयर आम्दानी खस्केको हो । बैंकको जगेडाकोषमा ५ अर्ब ८५ करोड रुपैयाँ छ ।
बैंकको खराब कर्जा ०.६७ प्रतिशतबाट ०.२३ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७२.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.६० गुणा कायम भएको छ ।
सिद्धार्थ बैंक लिमिटेड
सद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्ष बैंकको नाफा ९५ करोड ७० लाख रुपैयाँ थियो । सिद्धार्थले ब्याजबाट पनि राम्रै कमाएको छ । बैंकको ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । खराब कर्जा घटाएर १.३१ प्रतिशतमा झारेको छ । गत वर्ष १.७१ प्रतिशत खराब कर्जा थियो ।
सिद्धार्थको सिसिडी रेसियो (कर्जारपूँजीरनिक्षेप अनुपात) बढेर ७८.१० प्रतिशत पुगेको छ ।
तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २०.५२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९५ पैसा रहेको छ । बैंकले यस अवधिमा ९० अर्ब ४० करोड निक्षेप संकलन गर्दा ७९ अर्ब ८८ करोड ऋण लगानी गरेको छ ।
बैंकले कल इन एडभान्सको रकम जोडेर नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापूँजी पुर्याएको छ । चुक्तापूँजी ८ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
तु कर्मचारी आवश्यकता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस