अर्थ संसार, काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र एन.आई.डि.सि. डेभलपमेन्ट बैंकको एकिकृत कारोबार बैशाख १९ गतेबाट हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेको बैंकले जनाएको छ । यी दुई बैंक एक आपसमा गाभिन चैत्र २२ गते नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको थियो ।
त्यसै गरी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले समेत यही बैशाख ३ गते गाभ्ने अनुमति तथा निर्देशन सम्बन्धी पत्र पठाई सकेको रष्ट्रिय बाणिज्य बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस