Like us!
Follow us!
Connect us!
Watch us!

५० हजार कमिसन सहित राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका प्रबन्धक पक्राउ

सोमबार, १० बैशाख २०७५, १७ : ०६ मा प्रकाशित

५० हजार कमिसन सहित राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका प्रबन्धक पक्राउ

अर्थ संसार, महोत्तरी–सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् ।

आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजार रङ्गेहातसहित पक्राउ गरेका हुन् ।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताउनुभयो ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको