Like us!
Follow us!
Connect us!
Watch us!

सिंह गाउँमा दरबार जनप्रतिनिधीहरुलाई पाएक पर्ने स्थानमा

सोमबार, १० बैशाख २०७५, १८ : २८ मा प्रकाशित

सिंह गाउँमा दरबार जनप्रतिनिधीहरुलाई पाएक पर्ने स्थानमा

शंखर पहाडी, गौरब

अर्थ संसार, सिन्धुली– गाउँ गाउँमा सिंहदरबार भन्दै निर्वाचनमा भोट मागेका जनप्रतिनिधिहरु अहिले पुरानै सिंह दरबार काठमाण्डौमा बस्छन ,भोट हाल्ने मतदाता नेता सम्म पुग्न सास्ती खेपी रहेका छन ।

अब गाउँ घरमा नै सहज सेवा पाइन्छ भन्ने बुझेका देशका कुना कन्दराका नेपाली जन्ताहरू यतिबेला निरास भएका छन । हिजोका घण्टौँ घण्टा हिडेर जिल्ला सदरमुकाम पुगेर आफ्ना कामहरु गर्दै आएका नेपाली जन्ताहरुको समस्या समाधानको बाटो आज पनि परिवर्तन भएको छैन । त्यसको एक उद्दाहरण हो सिन्धुलीको लाम्पन्टार ।

 नेपाल कै ठुला गाउँ पालीका मध्ये एक गाउँ पालीकाको रुपमा  रहेको सिन्धुलीको तिनपाटन गाउँ पालीकाको १० र ११ नम्बर वडा र तिनपाटन गाउँ पालीकाको कार्यालय करिब २० मिनेटको फरकमा छ तर सो वडाका वडाबासीलाई वडा कार्यालयमा आई पुग्न करिब २ घण्टा लाग्छ । 

बरु पहिला गाउँ विकास समिति हुँदा जे थियो त्यसैमा हामी खुसी थियौँ अहिले गाउँ गाउँमा सिंह दरबार भन्दै जनप्रतिनिधीहरु आफुलाई पाएक पर्ने स्थानमा कार्यालय राखेर आफ्ना नाता गोतालाई व्यावस्थापन गर्नमै व्यास्त रहेका तिनपाटन गाउँपालीकाको १० नम्बर वडाबासीको आरोप छ ।

योजना संझौता लगायत साना साना सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिन्छ । ‘गाउँ गाउँमा सिंहदरबार होइन सिंह चाहि आए दरबार आएन उनिहरुको भनाई छ । जनतालाई सजिलो गराएको कि दुःख दिएको उनिहरुलाई सोध्न मन लागेको बताउछन । 

पहिला पहिला सरकारी कर्माचारीले स्थानिय सरकार चलाउदा सुचनाको हकको महसुस हुन्थ्यो आफ्नो गाउँ विकास समितिमा यस्तो काम हुदैछ भन्ने जानकारी दिन्थे तर अहिले जनप्रतिनिधीहरुले स्थानिय सरकार चलाउँदा सार्वजनीक गर्न मिल्ने सुचना पनि सार्वजनीक गर्दैनन् ।

आफुहरु सुचनाको हकबाट बाहीरीएको स्थानियबासीको आरोप छ । बल्ल बल्ल गाउँपालिकामा गयो त्यहाँ पनि कुनै सुविधा छैन । न भनेको समयमा बत्ति छ, न छेउमा बैङ्क छ । एक दुई जना कर्मचारी छन । उनीहरूलाई पालीका तथा वडा कार्यालयले गर्न पाउने कामको बारेमा राम्ररी थाहा पनि छैनं ।

संघियताले थप अनौयलता सृजना गरेको छ । उनिहरुको भनाई छ ।  पहिला सरकारी कर्माचारीले काम गर्दा आफ्नो पार्टी अर्काको पार्टी हुदैन थियो तर अहिले निर्वाचनमा भोट हालेको आधारमा काम पार्टी हेरेर काम गर्ने गरिन्छ यसमा आफुलाई दुःख लागेको उनिहरुको गुनासो छ ।

सिन्धुलीको दुर्गम गाउँ आफैँमा अभाव भित्र छ । नत खाने पानीको व्यावस्था छ नत विजुली वति तथा सडक नै छ । निर्वाचन आयो गयो । हार्ने कुना पसे जित्ने सिंह दरबार पसे उनिहरुको आक्रोस छ ।  झनै स्थानीय सरकारनै पहुँच बाहिर भए पछि तिनपाटन १० बासीहरु चिन्तित भएका हुन।

‘हाम्रोमा न बत्ति छ, न त खाने पानी तथा सडक नै छ । कच्ची सडक केहीस्थानमा पुगेको भएपनि हिउँदमा ट्राक्टर चल्छ वर्षामा पहिरो चल्छ ।  निर्वाचनमा जित्ने नाममा नेताले गरेको राजनीतिले गर्दा हामीले दुख पाएका छौ ।

‘बिकास निर्माणमा हामी  धेरै पछाडी छौ।’ सिन्धुली सदरमुकामबाट करिब ४० किलोमिटरको कच्ची सडक हिँउदमा सवारी चल्छ , वर्षामा बाढी चल्छ । सिन्धुली चकमके सडक खण्ड यस क्षेत्रका नेताहरुको भोट माग्ने भाँडो हो ।  

‘यहि सडकलाइृ चुनावी मुद्धा बनाएका नेताहरु दर्जनौ पटक जितेर सत्तामा पुगिसके तर यहाँको अवस्था ज्युको त्यु छ । आज पनि पानी आयो भने बाटो बन्द हुन्छ । ‘सब यो बिगार्ने जिल्लाका नेताको काम हो।

‘हाम्रो लागि त उल्टो भयो। पैदल जादा पनि पालीकाको कार्यालय तथा वडा कार्यालय जान २÷३ घण्टा लाग्छ । वडा कार्यालय पनि वडाबासीलाई  पाएक पर्ने स्थानमा छैन । भन्ने बेलामा गाउँगाउँमा सिंहदरबार भन्ने अहिले त सिंह चाहि टोलटोलमा छन तर दरबार उतै छ ।’ स्थानीयबासीको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको