Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूले कमायो ९३ करोड ५ लाख

विहीबार, १३ बैशाख २०७५, १२ : २८ मा प्रकाशित

बैंक अफ काठमाण्डूले कमायो ९३ करोड ५ लाख

अर्थ संसार, काठमाडौं–  बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिका वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ९३ करोड ५ लाख रुपैयाँ कमाउन सफल भएको ।

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८८ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा ४ अर्ब ४४ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ संकलन गरी कर्जामा ६७ अर्ब २५ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ६ दशमलव ४५ प्रतिशतले बढेर २ अर्ब ६ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ४ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निस्कृय कर्जा १ दशमलव ८२ प्रतिशत, पूँजीकोष १५ दशमलव ०२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १७ दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ०४ गुणा, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ७५ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको