Like us!
Follow us!
Connect us!
Watch us!

अर्बको क्लवमा कृषि विकास बैंक

शुक्रबार, १४ बैशाख २०७५, ११ : ०१ मा प्रकाशित

अर्बको क्लवमा कृषि विकास बैंक

अर्थ संसार, काठमाडा–  कृषि विकास बैंक लिमिटेडले  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कमाएको छ । 

अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनाभन्दा १३ दशमलव ५६ प्रतिशतले वृद्धि हो ।

१३ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ९ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ राखेको छ ।

बैंकले निक्षेपमा ९७ अर्ब १० करोड ५६ लाख रुपैयाँ संकलन गरी कर्जामा ९४ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ दशमलव ८१ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै खुद व्याज आम्दानीमा १६ दशमलव ३८ प्रतिशतले घटेर ४ अर्ब ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफामा भने ६४ प्रतिशतले घटेर ६४ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको पुँजीकोषमा २० दशमलव ७६ प्रतिशत, निस्कृय कर्जा ३ दशमलव ४९ प्रतिशत, प्रति शेयर आम्दानी २४ दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १० दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०१ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको