Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफा घट्यो

शुक्रबार, १४ बैशाख २०७५, १३ : ३६ मा प्रकाशित

नबिल बैंकको नाफा घट्यो

अर्थ संसार, काठमाडौं– नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७९ करोड ९३ लाख ५४ हजार रुपैयाँ खुद नाफा बुक गरेको हो ।

गत वर्ष खुद नाफा २ अर्ब ६८ करोड ३७ लाख ४० हजार रुपैयाँ मात्र थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि मध्यम खालको प्रगति हासिल गरेको छ । नबिलले खुद ब्याज आम्दानी १० प्रतिशतले वृद्धि गरेको छ ।

गत वर्ष ४ अर्ब ८ करोड १८ लाख २१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपालि ४ अर्ब ४९ करोड ६१ हजार रुपैयाँ पुगेको हो । बैंकले सञ्चालन नाफा ३.१७५ ले बढाएरु ४ अर्ब २३ करोड १० लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष सञ्चालन नाफा ४ अर्ब १० करोड ९ लाख ६ हजार रुपैयाँ थियो । ब्याज आम्दानी र सञ्चालन नाफामा सामान्य मात्र सुधार हुँदा समग्र नाफा पनि सोही अनुसारमात्र माथि जान सम्भव भएको हो ।

सम्भावित जोखिममा २६ करोड ३७ लाख ६५ हजार रुपैयाँ छुट्याएको यस बैंकले २ लाख ७४ हजार रुपेयाँ राइट ब्याक गरेको देखाएको छ । निक्षप १ खर्ब १७ अर्बबाट वृद्धि गरी १ अर्ब २३ अर्ब १ करो्ड ९४ लाख ८० हजार रुपैयाँ पुर्याइएको छ । कर्जा लगानी पनि ९० अर्बबाट बढाएर १ खर्ब ५ अर्ब २ करोड ७० लाख ४४ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।
 
सीसीडी अनुपात ७६.२०५ छ । यता, खराब कर्जा थोरैले बढेर १.०७५ पुगेको छ । गत वर्ष खराब कर्जा ०.९५५ थियो । कस्ट अफ फन्ड २.२८५ बाट बढेर ४.६३५ पुगेको छ । चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको यस बैंकको रिजर्भ कोष भने आकर्षक देखिएको छ ।

यो त्रैमासम्म आइपुग्दा रिजर्भ कोषमा ८ अर्ब ८१ करोड ६८ लाख ९७ हजार रुपैयाँ छ । गत वर्ष नबिलको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब ९ करोड ३२ लाख ५९ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानीमा पनि ११ रुपैयाँ ३९ पैसाको गिरावट आएको छ ।

गत वर्ष ५८ रुपैयाँ २२ पैसा (वार्षिक) रहेको नबिलको प्रतिसेयर आम्दानी यो त्रैमासम्म आइपुग्दा ४६ रुपैयाँ ८३ पैसा (वार्षिक) मा सीमित भएको छ । पुँजी वद्धि अनुसार नाफामा सुधार गर्न नसक्दा प्रतिसेयर आम्दानी पनि असर परेको हो । प्रतिसेयर नेटवर्थ पनि २३१ रुपैयाँबाट घटेर २१० रुपैयाँ झरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको