शंखर पहाडी,गौरब
अर्थ संसार, सिन्धुली– सिन्धुली जिल्ला नेपालको ४९ औँ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको छ । जिल्ला खाने पानी तथा सरसफाई स्वच्छता समन्वय समिति सिन्धुलीको आयोजनामा उक्त्त घोषणा भएको हो ।
खाने पानी तथा सरसफाई मन्त्री बिना मगरले सिन्धुली जिल्लालाई खुल्ला दिशा मुक्त्त जिल्ला घोषणा गर्नू भएको हो ।
नेपाल सरकार पनि देशको स्वास्थ्य क्षेत्रको सुधारका लागि के र कसरी जाँदा देश र जन्तालाई फाईदा हुन्छ त्यसमा अहोरात्र खटिरहेको मन्त्री मगरले बताउनु भयो ।
सरसफाई र स्वास्थ्य एउटै सिक्काका २ पाटा भएकोले सरसफाई भएपछि स्वच्छ हुनेमा आफु ढुक्क रहेको मन्त्री मगरले बताउनु भयो ।सरसफाईले नेपालको खुसी थपिने भएकाले सबै नेपाली जन्ताले आफ्नो वरीपरिको वातावरण सधै सफा राख्नु पर्नेमा मन्त्री मगरले जोड दिनु भयो ।
समाज परिवर्तनका लागि सरसफाई अति आवश्यक रहेको र त्यसका लागि सबै सिन्धुलीबासी एक भएर लाग्न पनि मन्त्री मगरले आग्रह गर्नु भयो । सिन्धुली जिल्ला खुल्ला दिशा मुक्त्त जिल्ला घोषणा भएपछि अब महिलामैत्री शौचालय निर्माणमा लाग्न पनि मन्त्री मगरले जिल्लाबासीसंग आग्रह गर्नु भयो ।
२ नगरपालीका तथा ७ वटा गाउँ पालीका भएको सिन्धुलीमा ६९ वटा वडाहरु रहेका छन । भने कुल ५८ हजार ७ सय ९६ घरधुरी रहेका मध्ये ५८ हजार २ सय १० घरमा चर्पी बनेको घोषणा कार्यक्रममा आयोजकले बताएको छ ।
भने ५ सय १ वटा विद्यालयहरुमा चर्पी निर्माण भएको छ भने १४ वटा सार्वजनीक सौचालय निर्माण भएको आयोजक जिल्ला खाने पानी तथा सरसफाई स्वच्छता समन्वय समिति सिन्धुलीले जनाएको छ ।
सिन्धुलीलाई २०६ सालबाट खुल्ला दिशा मुक्त्त जिल्ला घोषणा गर्ने अभियान सुरु भएको हो । खुल्ला दिशु मुक्त्त अभियानमा सहयोग गरेको भन्दै जिल्लाभित्रका विभिन्न सरकारी तथा गैर सरकारी सामाजीक संघ,संस्थालाई प्रसंसा पत्र तथा कदर पत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।
खाने पानी तथा सरसफाई मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा भएको खुल्ला दिशा मुक्त्त कार्यक्रमको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकर राज वर्माले सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा सिन्धुलीका प्रतिनिधी सभा सदस्य गणेश कुमार पहाडी
,प्रदेश सभा सदस्यहरु लेखनाथ दाहाल,विनोद खड्का र विजुला बर्मा लगायतको विशेषउपस्तिथी रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस