Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

सोमबार, १७ बैशाख २०७५, १० : २४ मा प्रकाशित

एनसीसी बैंकद्वारा बेनीमा शाखा स्थापना

अर्थ संसार, बेनी– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले म्याग्दी जिल्ला, बेनी नगरपालिका, वडा नं. ७ मा शाखा कार्यालय स्थापना गरेको छ ।

उक्त शाखाको समुद्घाटन गर्दै एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने कुरा बताउनु भयो ।

साथै बैंकको शाखा स्थापना पश्चात यस क्षेत्रका वासिन्दा, पेशा व्यवसायी आदिलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न तत्पर रहेको र यस क्षेत्रका जनताको समेत पूर्ण सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धताका साथै आगन्तुक सम्पूर्ण अतिथीहरुलाई स्वागत गर्नु भएको थियो ।

एनसीसी बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा रु. ५९.१ अर्ब निक्षेप संकलन गरी रु. ५२.१२ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा रु. ५४.३१ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिको खूद नाफा रु. १६.७६ करोडमात्र रहेको थियो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको