Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हब्र्स आयुर्वेदा एक्स्पो बैशाख २१ गतेबाट

सोमबार, १७ बैशाख २०७५, १० : ३५ मा प्रकाशित

नेपाल हब्र्स आयुर्वेदा एक्स्पो बैशाख २१ गतेबाट

अर्थ संसार, काठमाडौं- नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आयोजना गर्न गइरहेका छौ ।

यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनि गर्दै आएकोमा यस बर्षदेखि हामी आफैले यो मेला आयोजना सुरु गरेका हौं ।

अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना , समृद्धिका लागि जडीबुटी उद्यम भन्ने नारा सहित यही २०७५ बैशाख २१ देखि २३ सम्म यस संघको आयोजनामा काठमाडौको भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्रमा हुनगईरहेको सहर्ष जानकारी गराउँछौ ।

हामीले प्रत्येक वर्ष राष्ट्रिय जडीबुटी मेला नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासीप्रर्वद्धन केन्द्रको सहयोगमा गर्दै आएका छौ । यसपटक पनि सरकारी तबरबाट हामीलाई सहयोग भएकोछ ।

यस मेलाले नेपालमा उत्पादित औषधि जन्य जडिबुटीवाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धिका लागि ठूलो मद्धत पुग्दै आएको छ । नेपालको मौलिक,वस्तुमा बिषेश महत्व र ग्रामिण क्षेत्रका समुदायहरुको आर्थिक उपार्जनका लागि ८० प्रतिशत जनताको स्वरोजगार तथा आयश्रोत जडीबुटी क्षेत्रले नै ओगटेको अवस्थामा यसको महत्व र यसले अर्थतन्त्रमा पार्ने सकारात्मक असर निकै धेरै रहेको छ ।

स्वदेशमा रोजगारी सृजना गर्दै आय आर्जनमा थप टेवा र राष्ट्रिय पहिचानमा जडीबुटीको प्रर्वद्धन गर्न विद्यमान कानूनहरु संसोधन र प्रविधिमा लगानी, स्वदेशी लगानीको संरक्षण, स्वरोजगार तथा उद्यमशिलता विकास गर्न संघले बिगतदेखिनै पहल गरिरहेको छ ।

आफ्नो स्थापनाकाल २००२ देखी नै जडीबुटी उद्यम र व्यापारमा सकृय रुपमा क्रियाशिल रही व्यवसायीक हकहित तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रर्वद्धन र यसको व्यवस्थित विकासका लागि संघ सदैब लागि परिरहेको छ ।

निजी तथा साझेदारी अवधारणामा नेपाल सरकारको मूल संकल्पमा हाम्रो सहकार्य रहदैं आएको छ । नेपाली जडीबुटी उत्पादन र तीवाट निर्मित वस्तुहरुको निर्यात पनि बढदै गइरहेको हुदा यसकोमहत्व अझ बढ्दै गएकोछ ।

प्रसोधन, प्रविधि अनुसन्धानको अभावमा यसवाट जतिलाभ लिनु पर्ने हो त्यो प्राप्तगर्न राज्यको भूमिका र नीतिहरु महत्वपूर्ण हुने कुरामा दुइमत छैन ।

राज्यवाट गरिनु पर्ने कार्य धेरै छन्यसमा निजीको तर्फबाट हामी सरकारलाई सहयोग गर्न प्रतिवद्ध छौ । नेपालको कुलग्रह्स्थ उत्पादन (जिडीपी) मा ५ प्रतिशत वन र जडीबुटी क्षेत्रको रहिआएको सन्दर्भमा यसको दिगो विकास, संरक्षण र मूल्यअभिबृद्धि गर्न अनुसंन्धान, प्रविधि र बजारमा लगानी गनुपर्ने अबस्था रहेको छ ।

अहिले अनुसन्धान, परिक्षण, नियम कानूनहरु संसोधन तथा व्यवसायिकरण उन्मूख नभई संरक्षणमूखी भएका कारण कच्चा पदार्थ कौडीको भाउमा बिक्री बितरण भई छिमेकी देशहरुले बढि फाइदा लिइरहेको अवस्था छ ।

नेपाल सरकारले एकिकृत व्यापार रणनीति २०१० देखि निर्यातजन्य वस्तुहरुमा जडीबुटीको महत्व र यसको उचित व्यवस्थापन र व्यापार बृद्धिमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयवाट पहल हुन थालेको छ ।

यसले हामी यस क्षेत्रमा उद्योगी ब्यवसायीलाई निकै उत्साहीत बनाएको छ । हामीले आयोजना गर्ने यो मेला ३ दिन चल्ने छ । जहाँ देशभर फैलिएर ब्यवसाय गरिरहेका १०० भन्दा बढी ब्यवसायीले आफ्नो स्टल राख्नु हुनेछ ।

यसमेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धीत प्रसोधन गर्ने मेसिनरी, तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजन, लगायतका स्टलहरु रहने छन्।

यस मेलाको मुख्य आयोजक नेपाल हब्र्स एण्ड हर्वल प्रडक्टस्एसोसिएसन (नेहपा) रहेको छ भने संगै नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय, बन तथा वातावरण मन्त्रालय पनि मूख्य सहकार्यकोभूमिकाका रहेका छन्।

निकासी प्रबद्र्धन केन्द्र र जर्मन सहयोग नियोग (जिआईजेड) इन म्याप्स परियोजना सहयोगीको भुमिकामा रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको