शंखर पहाडी,गौरब
अर्थ सन्सार, सिन्धुली –सिन्धुलीमा समान काममा पनि लिङ्गको आधारमा ज्यालामो विभेद रहेको छ । संगसंगै काम गर्ने पुरुषले दोब्बर ज्याला पाउदा महिलाहरु भने कम ज्यालामा नै काम गर्न बाध्य भएका छन् ।
महिला पुरुष एउटै समयमा एउटै काम गर्छन तर पुरुषले ७ सय रुपैयाँ पाउँदा महिलाले जम्मा ६ सय रुपैयाँ मात्रै ज्याला पाउँछन । बराबरी काम गरे पनि पैसा कम पाउँदा भने काम गर्नै मन नलाग्ने सिन्धुलीका महिलाहरुको भनाई छ ‘के गर्नु काम नगरे छाक टार्न सकिदैन, जति दिन्छ त्यती चुपचाप लिनै पर्यो ।’ उनिहरु बताउछन् ।
मंसिर महिनाबाट डकर्मी काम सुरु गरेका महिलाहरु पैसा कमाउने बलियो आधार भएपनि पाउने ज्यालामा भने असन्तुष्ट रहेको बताउछन् । जिल्लामा दैनिक ज्यालादारीमा काम गर्नेहरु महिला पुरुषको संख्या थुप्रै छ । ज्यामी काम गर्ने महिला, पुरुषको संख्या उत्तिनै भएपनि ज्याला दिने बेलामा भने विभेद हुने गरेको महिलाहरु नै बताउछन् ।
महिला हक अधिकारका बारेमा जस्तो सुक्कै कार्यक्रम भएपनि आफूहरुका कुरा सुन्ने र बोल्ने कोहि नभएको महिलाहरुको गुनासो छ । महिला भएकै कारण कम ज्याला पाउनु पर्ने भनेर कहाँ भनीएको छ । उनिहरुले प्रश्न गर्दै भने, ‘पुरुष सरह खटेपछि हामीले पनि उति नै ज्याला पाउनुपर्ने हो, तर के गर्नु हामीलाई दिदैनन् बराबरी माँगौ भने कामै नपाईएला भन्ने डर छ ।’
नेपालको संविधानले समान कामको समान ज्यालाको परिकल्पना गरेको छ । काममा पनि महिला र पुरुषबिचमा कुनै भिन्नता छैन । एउटै कामको फरक, फरक ज्याला लिनुपर्दा महिला कामदारलाई चित्त बुझ्दैन ।
तर समान कामको समान ज्यालाको वकालत गर्न पनि महिला कामदारहरु सक्दैनन् । आफूहरुको पहलले पनि यसलाई परिवर्तन गर्न नसकेको भन्दै संविधानमा उल्लेखित कुरालाई कार्यान्वयन गर्न अब स्थानीय सरकार नै कडाइका साथ लाग्नुपर्ने आवश्यक्ता रहेको महिला अधिकारकर्मी पार्वती भट्टराईले अर्थ सन्सारलाई बताउनु भयो ।
संबैधानिक व्यवस्था कागजमा मात्रै सिमित हुनुले पनि महिलाहरु समान काममा पनि असमान ज्याला लिन बाध्य भएको उनको भनाई छ ।
जिल्लामा समान कामको समान ज्यालाका लागि आवाज नउठेका होइनन् । तर कार्यान्वयन भने हुन सकेको छैन । आयआर्जनका हरेक क्षेत्रमा पुरुषभन्दा महिला नै अगाडि रहेपनि महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन हुन नसकेको महिला अधिकारकर्मीहरु बताउछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस