अर्थ संसार, काठमाण्डा– टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेका
छ ।
फुल अप्सन मोडलको रु २६.९५ लाखमा पाईने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय देखिन्छ । यो गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ भने प्रति लि.२३.८४कि.मि. माइलेज दिने कम्पनीको दाबी छ ।
अरु थप विशेषताहरुमा दुईवटा एस.आर.एस. एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ । यी बाहेक अन्य थप विशेषताहरु पनि यसमा रहेको छ ।
सिप्रदीका प्रतिनिधिका अनुसार “हामी ग्राहकहरुलाई आफुले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं । टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमान तथा संभावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेका छौं ।
टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने हामीलाई लागेको छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस