Like us!
Follow us!
Connect us!
Watch us!

जथाभावी मदिरा बेच्दै हुनुहुन्छ ? सरकारले गर्दैछ यस्तो कडाई

शुक्रबार, २८ बैशाख २०७५, १२ : १४ मा प्रकाशित

जथाभावी मदिरा बेच्दै हुनुहुन्छ ? सरकारले गर्दैछ यस्तो कडाई

अर्थ संसार, काठमाडौँ –तपाईले पसल तथा व्यवसाय गरिरहनु भएको छ ? तपाईको पसलमा रक्सी वा मदिारा बेचीरहनु भएको छ ? यदि छ भने अब तपाई कानुनको फन्दमा पर्नुहुने भएको छ ।

यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएर चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले जुनसुकै पसलमा पनि मदिरा बेच्ने रोक लगाउने तयारी गरेका छन ।

गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ ।

मदिरा नियन्त्रण अभियानमा  जनताको साथ र समर्थन आवश्यक भएकाले सम्वद्ध पक्षसँग छलफल र अन्तरक्रिया भइरहेको छ ।  

मदिराका कारण समाजमा कलहदेखि अपराध बढेको भन्दै सरकारले मदिरा बिक्री वितरणमा रोक लगाउन खोजेको हो ।

मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने तयारी गरिएको छ ।

सरकारको उक्त कार्ययोजना लागू भएपछि रक्सी पिउनका लागि छुट्टै होटल तथा रेष्टुरेन्ट तोकिनेछ । बिक्रीका लागि पनि छुट्टै पसल तोकिनेछ । मनलाग्दी मदिा बेच्न दिइने छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको