Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको आइपीओमा लगानीकर्ताको आकर्षण, माग भन्दा १८.०७ गुणा बढीको आवेदन

शुक्रबार, ०४ जेठ २०७५, १२ : ४६ मा प्रकाशित

रैराङको आइपीओमा लगानीकर्ताको आकर्षण, माग भन्दा १८.०७ गुणा बढीको आवेदन

अर्थ संसार, काठमाडौं– रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  निश्कासन गरेको साधारण सेयर (आइपिओ)मा लगानीकर्ताको आकर्षणमा परेको छ ।

जेठ ३१ गतेदेखि बैंशाख ३ गतेसम्म  निश्कासन गरेको सआइपीओमा माग भन्दा १८.०७ गुण बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कुल १ लाख ७७ हजार ३८६ जनाले सेयर भरेका छन् । उनीहरुले १ करोड ३८ लाख १० हजार ४३० कित्ता सेयरका लागि १ अर्ब ३८ करोड १० लाख ४३ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन माग भन्दा १८.०७ गुण बढी हो ।

अब आवेदन रुजु गरिनेछ । रुजु गर्दा आवेदक संख्या र रकममा सामान्य तलमाथि हुन सक्ने सीडीएसको भनाई छ । रैराङले कुल ८ लाख ४० हजार कित्ता आइपीओमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता मात्र सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

रैराङ­ हाइड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०५९ वैशाख २ गते प्राइभेट कम्पनीको रुपमादर्ता भई मिति २०७१ वैशाख २० गते पब्लिककम्पनीमा परिणत गरिएको हो । यस कम्पनीको स्वामित्वमा धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना मिति २०६१ साल देखि संचालनमा रहेको छ ।

यस कम्पनीले दोस्रो आयोजनाको रुपमा पाँचथर तथा ताप्लेजुंग सीमाना भई बहने इवाखोलाबाट ९९०० कि.वा. क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण कार्य गरिरहेको छ ।

कम्पनी नेपाल विद्युत् प्राधिकरणवीच २०७० साल वैशाख २९ गते ३० वर्षको लागि विद्युत खरीद विक्री सम्झौता भएको थियो । इवाखोला आयोजना निर्माणको औसत ९० प्रतिशतकार्य सम्पन्न भैसकेको जानकारी कम्पनीका सञ्चालक  कुवेरमणि नेपालले जानकारी दिनु भयो ।

इवाखोला जलविद्युत् आयोजना निर्माण गर्न रु एक अर्ब ६० करोड लाग्ने प्रक्षेपण गरी ६५ प्रतिशत ऋण तथा ३५ प्रतिशत स्वलगानी रहेको छ । कम्पनीले मिति २०७१ फागुन १ गते बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा ५ वटा वाणिज्य वैंकहरुसंग इवाखोला आयोजना निर्माण गर्न रु। एक अर्ब ४ करोड ऋण सम्झौता रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग भएको छ ।

बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा अन्य वैंकहरुमा माछापुच्छ्रे वैंक लिमिटेड, सिटिजन्स् इन्टरनेशनल वैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र एन।सि।सि। वैंक लिमिटेड रहेका छन् ।

स्वःलगानी ३५ प्रतिशतले हुने ५६ करोडमध्ये २५ प्रतिशत सर्वसाधारण शेयरधनीको लागानी, २५ प्रतिशत रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लगानी तथा बाँकी ५० प्रतिशत ३५५ जना संस्थापक शेयरधनीहरुको लगानी रहेको कम्पनीले प्रकाशन गरेको विवरण पत्रमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको