Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्धारा वेगनास ताल सरसफाई

सोमबार, ०७ जेठ २०७५, १० : ५६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्धारा वेगनास ताल सरसफाई

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल सरसफाई गरेको छ ।

शनिबार  बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय युवा क्लब, समाजसेवी तथा उक्त क्षेत्रका स्थानिय बासिन्दाको अगुवाईमा उक्त बेगनास ताल सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

माघ २० गते देखि स्थानिय युवा क्लबको अगुवाईमा सुरु भएको बृहत वेगनास सरसफाई कार्यक्रम अन्र्तगत ग्लोबल आइएमई बैंक पनि सहभागि भई योगदान पुर्याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ वटा शाखा, १३१  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको