अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलको बुढानिलकण्ठको मण्डिखटार शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।
शाखा कार्यालयको औपचारीक उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएकोे छ । साथै सोहि दिन बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं १२ को वडा कार्यालमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ ।
बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, बुढानिलकण्ठ न.पा वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस