अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्जले प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ ।
इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रदपछि सोमबार सेयर मूल्य समायोजन गरेहको हो । नेप्सेले हकप्रद समायोजन गरि इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य ५४० रुपैयाँ निर्धारण गरेको छ भने औसत आधारमूल्य ७२५ रुपैयाँ ३६ पैसा कायम भएको जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
चालू आवको तेश्रो त्रैमासमा कम्पनीले १३ करोड ०८ लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रूपैयाँ कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस