अर्थ संसार, काठमाडौं – बुधबारदेखि वोमी माइक्रोफाइनान्स लिमिटेडको ३० प्रतिशत हकप्रद सेयर खुलेको छ ।
वोमीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री गर्न बुक क्लोज समेत गरिसकेको छ । यस हकप्रदमा असार १९ गतेसम्म आवेदन दिन पाइनेछ ।
कहँबाट कसरी आवेदन दिने ?
वोमी माइक्रोफाइनान्सको सेयर हुने लगानीकर्ताले नजिकको धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ ।
त्यसै गरी लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस