Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक साल्मेमा र खुर्काेट बगैंचामा, पुग्यो १२९ वटा शाखा

बुधबार, १६ जेठ २०७५, १२ : १९ मा प्रकाशित

ग्लोबल आइएमई बैंक साल्मेमा र खुर्काेट बगैंचामा, पुग्यो १२९ वटा शाखा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले मंगलबार दुई स्थानमा शाखा खोली कारोबार सुरु गरेको छ ।

बैंकले लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको  हो ।

लमजुङ्ग जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सर्पूm दिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि स्थानिय छत्र बहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको