Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले थप्यो ३ वटा शाखा

बुधबार, १६ जेठ २०७५, १४ : २२ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले थप्यो ३ वटा शाखा

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयांबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहिदगेतमा शाखा  कार्यालय स्थापाना गरी कारोबार सुरु गरेको छ ।

बैंकको कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले स्थानिय जनप्रतीनिधिहरु तथा उद्योग वाणिज्य संघका प्रतीनिधिहरुको उपस्थितीमा औपचारिक उद्घाटन गर्नुभएकोे छ । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत  तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको