Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ३३३ रुपैयाँको सेयर २८० मा एफपिओ आउँदै

विहीबार, १७ जेठ २०७५, १२ : १० मा प्रकाशित

नेपाल बैंकको ३३३ रुपैयाँको सेयर २८० मा एफपिओ आउँदै

अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटेड एफपिओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड बोर्ड पुगेको छ ।  बैंकले  १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री गर्न अनुमति माग गर्दै धितोपत्र बोर्ड पुगेको हो । 

बैंकले नेपाल सरकारको हिस्सा ५१ प्रतिश र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको छ । यसका लागि बैंकले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

एफपिओ पछि कति पुग्छ बैंकको पुँजी ?

बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ पछि चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । एफपीओको प्रिमियमबाट आएको पैसा जगेडा कोषमा जानेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२८० मा एफपिओ किन्दा कति फाइदा ?

यस बैंकको सेयर, दोस्रो बजारमा ३३३ रुपैयाँको हारहारीमा विक्री भैरहेको छ । अहिलेको दोस्रो बजारलाई हेर्दा बैंकको मूल्य अझै घट्ने देखिन्छ । बैंकले एफपिओको मूल्य २८० रुपैयाँ राखेको छ । बैंकले एफपिओ निश्कासन भएपछि बजारमा यसको मूल्य घट्ने निश्चत छ । किन कि, बजारमा सेयर संख्या बढी भएपछि सेयर मूल्य घट्ने गर्दछ । अहिलको बजारमा मूल्य र एफपिओ मूल्यको विचको अन्तर ५३ रुपैयाँ रहेको छ ।

बैंकले निश्कासन गरेको एफपिओमा लगानी गर्ने लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न बैंकको हकप्रद , बोनस सेयर र नगद लाभांश कुर्नु पर्ने पनि हुनसक्नछ । धितोपत्र बोर्डले एफपिओ निश्कासनको स्वीकृत दिने अन्तिम तयारी गरिरहेको छ । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा छ ।

 बैंकको १ महिनाको चार्टले के भन्छ ?

बैंकको एक महिनाको दोस्रो कारोबारको चार्टलाई हेर्दा सेयर मूल्य घट्दै आएको देखिन्छ । बैंशाख ८ गते सबै भन्दा बढेर ३५९ रुपैयाँ  पुगको थियो । विस्तार घटेर सवै भन्दा कम जेठ १३ गते आइतबार ३२५ रुपैयामा विक्री भएको थियो । विस्तार बढेर आजसम्म आइपुग्दा यस बैंकको सेयर मूल्य ३३३ रुपैयाँमा कारोबार भएको छ ।

5b0f9c6dc4ee1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको