अर्थ संसार, काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार नेपाल स्टकमा सूचिकृत भएको छ ।
नेप्सेको अनुसार १०० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन हो । हकप्रद समायोजनपछि यसको सेयर मूल्य प्रतिकित्ता १ हजार ७९५ रुपैयाँ कायम भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । यो अवधिमा कम्पनीले २ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस