अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई दिन बोनस सेयर प्रस्ताव गरेको छ ।
सोमबार बसेको बैंक सञ्चालन समितिको बैठकले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त बोनस राष्ट्र बैंकको स्वीकृती र बैंकको आगमी साधारण सभाले अनुमोदन गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस