Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक द्वारा फलफुलका विरुवा रोपण

विहीबार, २४ जेठ २०७५, ०७ : ५१ मा प्रकाशित

ग्लोबल आइएमई बैंक द्वारा फलफुलका विरुवा रोपण

अर्थ संसार, काठमाडौं-ग्लोबल आइएमई बैंकले  विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार आफ्ना विभिन्न शाखा कार्यालयहरुको प्राङ्गणमा फलफुलका विरुवाहरु रोपेको छ ।

नेपाल राष्ट्र बैंकको “एक कर्मचारी एक फलफुलको विरुवा” अभियानलाई पनि मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकको कर्पोरेट कार्यालयको बगैँचामा एभोगार्डोको बिरुवा रोपी उक्त वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नुभयो ।

बैकले विश्व वाताबरण दिवसको अवसरमा बैंकका विभिन्न कार्यालयहरु, कान्तिपथ, कमलादी, पोखरा लगायतका शाखाहरुमा विभिन्न फलफुलका विरुवाहरु रोपेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको