Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो दरौंदीमा जनता बैंकको अगुवाई, १ अर्ब ३४ करोड ८० लाख लगानी गर्ने

विहीबार, २४ जेठ २०७५, १६ : ४२ मा प्रकाशित

माथिल्लो दरौंदीमा जनता बैंकको अगुवाई, १ अर्ब ३४ करोड ८० लाख लगानी गर्ने

अर्थ संसार, काठमाडौं–  माथिल्लो दरौंदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । यस आयोजनमा जनता बैँक नेपाल लिमिटेडको अगुवाइमा कुमारी बैँकलिमिटेड र  सेन्चुरी कमर्सियल बैँक लिमिटेडले १ अर्ब ३४ करोड ८० लाख लगानी गर्ने भएको छ ।

कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा।लि.ले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी–१ जलविद्युत आयोजना हो ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे रकन्सोर्टियम बैँकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माणलागत  १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने छन् ।

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ ।

कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदीखोलामा २० मिटरको बाँधबाँधी १४.९६ क्युसेक पानीकरिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन (२वटा) को माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।

परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युतप्राधिकरणसँग भएको विद्युतखरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको