Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी र मिर्मिरेको साधारणसभा आज : लाभांश पारित होला ?

शुक्रबार, २५ जेठ २०७५, ०९ : ०८ मा प्रकाशित

गण्डकी र मिर्मिरेको साधारणसभा आज : लाभांश पारित होला ?

अर्थ संसार,काठमाडौं- गण्डकी विकास बैंकको वार्षिक साधारणसभा सुरु भैसकेको छ भने  मिर्मिरे माइक्रोफाइनान्सको वार्षिक साधारणसभा विहान ११ बजेदेखि सुरु हुँदैछ । दुवै कम्पनीले चालु आर्थिक वर्ष २०७३/ ७४ को मुनाफाबाट लाभांश दिने भएका छन् ।

गण्डकी विकास बैंक

गण्डकी विकास बैंकको १० औं सातौं वार्षिक साधारण सभा  होटल पोखरा ग्राण्ड, पार्दि विरौटा, पोखरामा बिहान ८ः३० बजेदेखि सुरु भएको छ ।

गण्डकी विकास बैंकको साधारण सभाको प्रस्तावमा १९.३१०६ प्रतिशत बोनस सेयर, लेखा परीक्षकको नियुक्ती, सञ्चालकको निर्वाचन, पूँजी वृद्धि र मर्जर तथा एक्विजिशन रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि जेठ ८ गतेदेखि बुक क्लोज रहेकाले जेठ ७ गतेसम्म कायम सदस्यहरु सहभागी हुन पाउनेछन् ।

 मिर्मिर माइक्रोफाइनान्स

मिर्मिरे माइक्रोफाइनान्सको बनेपा भिलेज रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुने साधारण सभाको प्रस्तावमा ३०.८२ प्रतिशत बोनस सेयर, कम्पनीको नाम र ठेगाना परिवर्तन र लेखा परीक्षकको नियुक्ती रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि जेठ २ गतेदेखि बुक क्लोज रहेकाले जेठ १ गतेसम्म कायम सदस्यहरु सहभागी हुन पाउनेछन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको