Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सिन्धु र कामना सेवाको लिलामी सेयर भर्ने अन्तिम दिन

शनिबार, २६ जेठ २०७५, ०८ : ५२ मा प्रकाशित

आइतबार सिन्धु र कामना सेवाको लिलामी सेयर भर्ने  अन्तिम दिन

अर्थ संसार, काठमाडौं - सिन्धु विकास बैंक र कामना सेवा विकास बैंकको लिलामी सेयर भर्ने आइतवार अन्तिम दिन रहेको छ । यी दुबै बैंकले अवितरित हकप्रद सेयर लिलामीमा ल्याएका हुन् ।

सिन्धुले जेठ ११ गतेदेखि संस्थापक समूहको ५ लाख ३८ हजार ३ सय २ दशमलव ४० कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो ।

त्यस्तै कामना सेवाले जेठ २० गतेदेखि संस्थापक तर्फको १ लाख ५० हजार ५ सय ३६.९३ कित्ता अवितरित हकप्रदका लागि बोलपत्र आह्वान गरेको छ ।

यी दुबै कम्पनीले लिलामी सेयरको मूल्य प्रतिकित्ता  १०० तोकेकाले सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सिन्धुको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल र कामना सेवाको एनएमबि क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको