अर्थ संसार, काठमाडौं सिन्धु विकास बैंक र कामना सेवा विकास बैंकको लिलामी सेयर भर्ने आइतवार अन्तिम दिन रहेको छ । यी दुबै बैंकले अवितरित हकप्रद सेयर लिलामीमा ल्याएका हुन् ।
सिन्धुले जेठ ११ गतेदेखि संस्थापक समूहको ५ लाख ३८ हजार ३ सय २ दशमलव ४० कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो ।
त्यस्तै कामना सेवाले जेठ २० गतेदेखि संस्थापक तर्फको १ लाख ५० हजार ५ सय ३६।९३ कित्ता अवितरित हकप्रदका लागि बोलपत्र आह्वान गरेको छ ।
यी दुबै कम्पनीले लिलामी सेयरको मूल्य प्रतिकित्ता १०० तोकेकाले सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १ हजार र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सिन्धुको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल र कामना सेवाको एनएमबि क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस