Like us!
Follow us!
Connect us!
Watch us!

सप्ताहव्यापी कार्यक्रम गरी शुभकामनाले मनायो वार्षिकोत्सव (फोटोफिचर)

आइतबार, २७ जेठ २०७५, १९ : ०३ मा प्रकाशित

सप्ताहव्यापी कार्यक्रम गरी शुभकामनाले मनायो वार्षिकोत्सव (फोटोफिचर)


अर्थ संसार, काठमाडौं– शुभकामना बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शेयर सदस्यहरुको लागि वित्तिय साक्षरता कार्यक्रम संचालन गरि सहकारीमा बचत गर्ने तरिका को साथै सदस्यमा रहेको वित्तिय आवश्यकतालाई पहिचान गरि नियमित आयबाट हुने अनावश्यक खर्चहरु कटौती गर्ने तरिकाहरु सिकाउँदै बचतको महत्व र आय बढाउने तरिका बारे अभिमुखिकरण गरिएको थियो ।

दोश्रो दिन संस्थाका बालबचतकर्ता लाई सहकारी सम्बन्धि जानकारी को साथै जिल्ला भित्रको भौगालिक र रमणिय स्थलको परिचय दिने उद्देश्य सहित नाला अवस्थित नाला गुम्बा र नाला भगवती समेतको अवलोकन कार्यक्रम भएको थियो । बालबालिकाहरुलाई नैतिक शिक्षा दिनुका साथै ज्ञान बद्र्वक तथा मनोरञ्जनात्कम कार्यक्रम समेत गरिएको संस्थाले जनाएको छ ।

तेश्रो दिन रक्तदाता अभिमुखिकरण तथा रक्तदान कार्यक्रम आयोजना गरी  रगतको महत्व र रक्तदान गर्ने भावनाले रक्तदातामा आउने सामाजिक परीवर्तन लगायत रक्तदानको इतिहास बारे जनकारी गराइएको थियो ।

चौथों दिन शेयर सदस्यको स्वास्थमा आउने समस्यालाई ध्यानमा राखि एभरेष्ट हेल्थ नेचुरल सेन्टर सुर्यविनायकको प्राविधिक सहयोगमा फिजियोथेरापी शिविरको आयोजना गरि ५७ जना हाडजोर्नी र नसा सम्बन्धि रोगका विरामीको निशुल्क उपचार गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

पाचौं दिन ऐतिहासिक क्षेत्र सरसफाई कार्यक्रम अन्तर्गत चाँगुनारायण मन्दिर परिसरमा सरसफाई गर्नुको साथै सो क्षेत्रमा नियमित सफाईको लागि आवश्यक सफाइमा प्रयोग हुने सामाग्रीहरु बाल्टीन १०, डष्टप्यान ५, च्वाफि १५, कुचो १० चाँगुनारायण नगरपालिका ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जन लाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

छैठौं दिन संस्थाका जेष्ठ शेयर सदस्यहरु लाई सहकारी सम्बन्धि जानकारी दिनुको साथै सामाजिक र धार्मिक जानकारी दिने उद्देश्यका लागि जेष्ठ सदस्य तिर्थ भ्रमण तेलकोटको पञ्चमहालक्ष्मी मन्दिर र  भगवान विष्णुको रुपमा पुजिने सालिग्रामको अवलोकन का साथै मानव उपयोगी प्रवचन गरिएको थियो ।

अन्तिम दिन शेयर सदस्यहरुले ऋण लिई सर्त अनुसार नियमित किस्ता ब्याज भुक्तान गर्ने असल ऋणीलाई ग्रिन कार्ड र योगदानको आधारमा शेयर सदस्यलाई संरक्षित पुँजी वितरण कार्यक्रममा संस्थाबाट ऋण उपभोग गरी सर्त अनुसार नियमित किस्ता ब्याज भुक्तान गर्ने ३० जना ऋणीलाई संस्थाका अध्यक्ष न्हुछे कुमार त्वायनाबाट ग्रिन कार्ड वितरण गरिएको थियो ।

साताब्यापी कार्यक्रम अन्तर्गत सहयोग गर्ने हुने एभरेष्ट हेल्थ नेचुरल सेन्टर, सूर्यविनायक र ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान) लाई प्रमुख अतिथि बासुदेव थापाले प्रशंसा पत्र वितरण गरेका थिए । अध्यक्ष त्वायनाले योगदानको आधारमा ऋणी तथा बचतकर्ता शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता अन्तर्गत नगद चेक हस्तान्तरण गरेका थिए ।
२०५५ जेष्ठ २४ गते ७५ जना शेयर सदस्यको ७, ५०,००० रुपैयाँबाटमा सुरु भएको यस सहकारी संस्थाले हालसम्म ७००८ जना शेयर सदस्य आवद्ध गराई ७ करोड ८६ लाख ४३ हजार शेयरपूँजी सकलन गरेको छ भने  कुल कारोवार ८२ करोड ४२ लाख १९ हजार पुर्याएको छ ।

5b1d2604d1c49.jpg 5b1d2604e6b93.jpg 5b1d2606a7dc0.jpg 5b1d2606b6c1e.jpg 5b1d26083ffd7.jpg 5b1d2609ddb94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको