Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाको मुद्दतिमा १२ प्रतिशत ब्याज, मासिक रुपमा भुक्तानी

सोमबार, २८ जेठ २०७५, ११ : २३ मा प्रकाशित

एनआइसी एसियाको मुद्दतिमा १२ प्रतिशत ब्याज, मासिक रुपमा  भुक्तानी

अर्थ संसार, काठमाडौं – एनआइसी एसिया बैंकले मुद्दति निक्षेपमा फेरि १२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

धनवर्षा मुद्दति निक्षेप योजनामा १२ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।  यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ल्याएको थियो ।

 यस योजनाअन्तर्गत देशभर रहेकाएनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ ।

साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ । बैंकको २१८ शाखाबाट यो सुविधा लिन सकिन्छ । 

बैंले गत २०७४ साल फागुन  २५ गते पनि १२ प्रतिशत व्याजदरको मुद्धती बचत खाता सञ्चालनमा ल्याएको थियो ।  बैंकर्स संघको  ११ प्रतिशत ननाघ्ने निर्णय भन्दा माथि उठेर यो मुद्दती खचत खाता योजना ल्याएपछि अरु सवै वाणिज्य बैंकले चर्काे विरोध गरेका थिए ।

अरु बाणिज्य बैंकले एनसाइसी बैंकसँग सम्बन्ध विच्छेद समेत गरेका थिए । चारैतिर विरोध भएपछि बैंकले  चैत्र ३ गतेदेखि बन्द गरेको थियो ।  बैंकर्स संघले साधराण बचत खातामा ८ प्रतिशत र  मुद्दति खातामा ११ प्रतिशत भन्दा बढी व्याजदर नलिने निर्णय  गरेको छ । 

जसका कारण यही व्याजदरका विषयमा बढेको विवादका कारण तत्कालिन एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको