अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने तयाी गरिएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, “चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।”
प्रधानमन्त्री ओलीले व्यापार घाटा सन्तुलनमा ल्याउने तथा जलविद्युत् क्षेत्रको विकास, रेल सेवा, ऊर्जा, पुननिर्माण, अन्तरदेशीय प्रसारण लाइन, पर्यटन प्रवद्र्धनलगायत विषयमा चीनको सहयोग र सहभागिताका विषयमा छलफल गरिने जानकारी दिनुभयो ।
चिनियाँ लगानी नेपालमा अभिवृद्धि गर्ने, उद्योग, संस्कृतिलगायत विभिन्न क्षेत्र र सीमावर्ती क्षेत्रमा दुई देशबीच कुनै पनि समस्या नआओस् र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ बनाउन योगदान पुगोस् भन्ने आधारमा चिनियाँ नेतासँग छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । गत आवमा नेपालको चीनसँगको व्यापारमा व्यापार
प्रधानमन्त्री ओलीले मुलुकमा द्रुत रूपमा विकास गर्न छिमेकी राष्ट्रको पनि सहयोग लिनुपर्ने औँल्याउँदै सरकार गठनलगत्तै भएको भारत भ्रमणपछिको नतिजा देखिएको र तराईमा डुबानलगायत समस्या समाधान गर्न योजना बनाइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी लि खछ्याङको निमन्त्रणामा हुने मंगलबारदेखिको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीन फिङसँग शिष्टाचार भेट तथा नेताहरूसँग समेत भेट गर्नुुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस