Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा

बुधबार, १३ असार २०७५, १२ : २२ मा प्रकाशित

ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष  हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच आषाढ १२ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर  धीरज शर्मा बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिकामा खुलेकोमा खुशी लागेको बताउनुहुदै बैंकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै बैंकका अध्यक्ष  हरि चन्द्र खड्काले ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयमानै चुक्ता पुँजी पु¥याएको र हाल आफ्नो सेवा तथा शाखा संजाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको बताउनु भयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै बैंकले आफ्नो व्यवसाय विस्तार गर्ने बताउन हुँदै ज्योति विकास बैंकको सेवा लिनहुन सम्पुर्णमा अनुरोध गर्नुभयो ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व ३१ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ७१ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको