अर्थ संसार, काठमाडौं– नेपाल बैंक लिमिटडेको थप सेयर (एफपिओ) असार १५ गते अर्थात आजदेखि निश्कासन गरेको छ ।
प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ निश्कानस गर्न लागि रहेको नेपाल बैंकको सेयर मूल्य अहिले दोस्रो बजारमा बिहीबार प्रतिकित्ता २९३ रुपैयाँमा कारोबार भएको छ । एफपिओ र बजारको मुल्यको अन्तर जम्मा १३ रुपैयाँ छ ।
बैंकले निश्कासन गर्ने १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ छिटोमा असार १९ र ढिलोमा साउन १३ गतेसम्म विक्री खुल्ला गर्ने भएको छ ।बैंकले नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
कति दिने आवेदन ?
अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सिमाभित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
एफपीओ निष्कासन भएको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । बैंकले एफपिओ निष्कासनकालागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियक्त गरिसकेको छ । लगानीकर्ताले नजिकको बैंकबाट सी–आस्वा, मेरो सेयरको माध्यमबाट सेयर भर्न सक्नेछन् ।
के भन्छ १ महिनाको चार्टले ?
बैंकको दोस्रो बजारको चार्टलाई हेर्दा बजार विस्तारै ओरालो लाग्दै आएको देखिन्छ । जेठ ६ गते प्रतिकित्ता ३५२ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर असार १४ गतेसम्म आइपुग्दा विस्तारै ओरालो लागेर प्रतिकित्ता २९३ रुपैयाँमा आइपुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस