अर्थ संसार, काठमाडौं-सनराईज क्यापिटल लिमिटेडले पूँजी बजारमा मर्चेण्ट बैंकिङ्ग सम्बन्धी कार्य गरी आएकोे २५ वर्ष पूरा भएको छ ।
सो अवसरमा सोमबार आयोजित रजत जयन्ती कार्यक्रम नेपाल धितोपत्र बोर्डकोे अध्यक्ष डा. रेवत बहादूर कार्कीज्यू प्रमुख अतिथित्वमा सम्पन्न सम्पन्न भएको छ ।
देशमा पुँजी बजारको विकासका लागि मर्चेन्ट बैकिङ्ग सेवा प्र्रदान गर्ने मूख्य उद्देश्यका साथ पहिलो मर्चेन्ट बैकिङ्ग कम्पनीका रुपमा बि सं २०४९ सालमा “एन.आई.डि.सि क्यापिटल मार्केट्स लिमिटेड” को स्थापना भएको थियो ।
एन.आई.डि.सि क्यापिटल मार्केट्स लि.को सहायक कम्पनीको रुपमा बि. सं २०६७ सालमा एन सि एम मर्चेन्ट बैंकिङ्ग लिमिटेड स्थापना गरी आप्mनो सेवा प्रदान गर्दै आएकोमा एन.आई.डि.सि क्यापिटल मार्केट्स लाई सनराईज बैंकले प्राप्ती गरे पश्चात मिति २०७४ जेष्ठ १० गते एन.सि.एम.मर्चेण्ट बैंकिङ्ग लि. को नाम परिवर्तन गरी सन्राईज क्यापिटल लिमिटेडको नामबाट आफ्नो सेवालाई निरन्तरता प्रदान गरी आएको छ ।
आफ्नो २५ वर्षे कार्यकालमा कम्पनीले हालसम्म ८२ वटा प्राथमिक शेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुको साथै ३२ वटा कम्पनीको शेयर प्रत्याभुति गरिसकेको छ । कम्पनीले ३४ वटा कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिसकेको मा हाल १२ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गरि आएको छ ।
पुँजी बजारको क्षेत्रमा पहिलो मर्चेण्ट बैंकिङ्गका रुपमा स्थापित यस कम्पनीले शेयर रजिष्ट्रार, शेयर निष्काशन, प्रत्याभुति तथा पोर्टफोलियो सेवाहरु प्रदान गर्दै आउनुको साथै नेपालको पहिलो सामुहिक लगानी कोष æNCM First Mutual FundÆ को शुरुवात बि. सं. २०५० सालमा गरेको थियो र सो पश्चात बि.स. २०५९ मा दोस्रो सामुहिक लगानी कोष “एन सि एम म्युचुयल फण्ड–२०५९ को सफलतापूर्वक संचालन गरेकोे थियो ।
यस कम्पनीले सन्राइज बैंकको सहायक कम्पनीको रुपमा रही अझै व्यवस्थित बनाउँदै ग्राहक महानुभावहरुलाई थप सेवाहरु प्रदान गर्ने क्रममा Investment Banking विभागको स्थापना गरी सो अन्तर्गत पोर्टफोलियो व्यवस्थापनको कार्य थालनी गरिएको र नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा आयोजित पहिलो पुँजी बजार प्रदर्शनीमा सोको औपचारिक रुपमा शुरुवात गरिएको छ ।
सनराइज बैकको सहायक कम्पनी कायम भए पश्चात सामुहिक लगानी कोष २०६७ को नियमावली बमेजिम सामुहिक लगानी कोष संचालन गर्न Sunrise Mutual Fund सामुहिक लगानी कोषको दर्ता गरि धितोपत्र बोर्डबाट मिति २०७५ आषाढ १७ गते Fund Sponsor को स्वीकृती प्राप्त भइसकेको र निकट भविष्यमा नै अन्य आवश्यक व्यवस्था सहित बजारको समय सापेक्ष सामुहिक लगानी कोष निष्काशन गरी निरन्तरता दिने जानकारी गराउनु भयो ।
नेपाल धितोपत्र बोर्डबाट संशोधित नियमाबलीमा थप गरिएको कार्यमा corporate advisory कार्यको लागि यस कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतीको लागि आवेदन दिइसकेको छ ।
यस अन्तर्गत Corporate Restructuring, Valuation, Business Plan, Loan Syndication, Working Capital financing, Venture Capital, Private equity, Hedge Fund जस्ता कोष संचालन, Assest Management लगायतका विषयहरुमा परामर्श सेवा आगामी दिनहरुमा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस