Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीका ४ स्थानिय तहमा बैङ्क नहुँदा भूकम्प पीडित मारमा

विहीबार, २१ असार २०७५, १९ : १५ मा प्रकाशित

सिन्धुलीका ४ स्थानिय तहमा बैङ्क नहुँदा  भूकम्प पीडित मारमा

शंखर पहाडी (गौरब)

अर्थ सन्सार सिन्धुली –स्थानिय सरकार गठन भएको  १४ महिना पुग्दा पनि सिन्धुलीका ४ स्थानिय तहमा अझै बैकिङ सेवा पुग्न सकेको छैन ।

 ७ गाउँ पालीका र २ नगरपालीका भएको सिन्धुलीमा जम्मा ९ स्थानिय तह छन भने अहिले सम्म तिनपाटन गाउँ पालीका, फिक्कल गाउँ पालीका, हरीहरपुरगढी गाउँ पालीका र घ्याङ्लेक गाउँ पालीकामा  बैकिङ सेवा पुग्न सकेको छैन ।  भने बैंक नहुँदा सो क्षेत्रका भुकम्प पीडित लगायतका सेवाग्राहीहरु बैकिङ  कारोबारका लागि जिल्ल सदरमुकाम धाउन बाध्य भएका छन ।

 कतिपय गाउँ पालीकाहरुमा बैंकको आन्तरीक काम पुरा भएको भएपनि हाल सम्म सञ्चालन हुन नसकेका कारण आफुहरुलाई सामान्य  बैकिङ  काममा पनि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यता भएको सेवाग्राहीहरुको गुनासो छ । बैकले केही दिनमै काम गर्ने भनेको भएपनि विविध कारण देखाउदै  बैकिङ  काम सुरु नगर्दा  भुकम्प पीडित सेवाग्राही मारमा परेका हुन ।

केही गाउँ पालीकाहरुमा बैङ्क पुगेको तर कारोबार सुरु नभएका कारण पनि आर्थीक वर्षको अन्त्य भएका कारण पनि सेवाग्राही मारमा परेका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको