अर्थ संसार, काठमाडौं- श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको २३ औं वार्षिक साधारणसभा शुक्रवार (आज) हुँदैछ ।
अमृतभोग क्याटर्स प्रा.लि, कालिकास्थान, काठमाडौंमा बिहान १० बजे शुरु हुने सभाको प्रस्तावमा २६.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने रहेको छ ।
साथै, लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण, सञ्चालकको निर्वाचन गर्ने प्रस्तावमाथि पनि सभामा छलफल हुनेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असार ४ गते बुक क्लोज गरेकाले असार ३ गतेसम्म सेयर स्वामित्व कायम सदस्यहरु सभामा सहभागी भई लाभांशको हकदार हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस