अर्थ संसार, काठमाडौं–– मेगा बैंक नेपाल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा नयाँ शाखा विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।
बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको मेगा बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस