अर्थ संसार, काठमाडौँ–अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन ।
बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन । प्रविधि भने दुवैले भिन्ना भिन्नै प्रयोग गरेका छन ।
भारविहीनताका क्षण
न भर्जिन न त ब्लु अरिजिन, यी दुबैका यात्रुले पृथ्वीको कक्षको प्रदक्षिणा गर्ने छैनन । उनीहरुका भारविहीनताका अनुभव केवल केही मिनेटका मात्र हुनेछन । यो प्रस्ताव सन् २००० मा करोडौँ डलर खर्चेर अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेसन आइएसएस गएका पहिलो अन्तरिक्ष पर्यटकको भन्दा बिल्कुलै फरक हो ।
भर्जिनले प्रतिटिकट मूल्य दुई लाख पचास हजार डलर तोकेको छ भने ब्लु अरिजिनको भाडा भने अझै थाहा भएको छैन । यो मूल्यमा नयाँँ अन्तरिक्ष पर्यटकलाई वायुमण्डलमा दर्जनौँ मिल पर धकेलिने छ जहाँबाट उनीहरु फेरि पृथ्वीमा फर्कने छन् । तुलना गर्ने हो भने आइएसएसको कक्ष पृथ्वीबाट २५० माइल टाढा छ ।
नयाँ यात्रुवाहक उडानको उद्देश्य भनेको अन्तरिक्षको सुरुवात गर्ने ६२ माइल अथवा १०० किलोमीटर परको काल्पनिक रेखा वा अमेरिकी वायु सेनाले मान्यता दिएको ५० माइल माथिको सीमापार गर्नु हो । यो उचाइमा आकाश कालो देखिनुका साथै पृथ्वीको वक्रता पनि स्पष्ट देखिन्छ ।
भर्जिन ग्यालेक्टिक
भर्जिन ग्यालेक्टिकद्वारा गरिने अन्तरिक्ष यात्रा एउटा निजी जेट जस्तो देखिने अन्तरिक्ष यान स्पेससिप २ भिएसएस युनिटी मा गरिने छ, जसमा छ जना यात्रु र दुई जना पाइलट हुनेछन् । ‘भिएसएस युनिटी’ आफैँ भने अर्को यान ‘ह्वाइट नाइट २’ मा जोडिएको हुनेछ जसले ४९००० फिट वा १५००० मिटरमा उसलाई अलग्याउने छ । अलग्गिएपछि आँफै रकेट प्रक्षेपण गरेर यो आकाशतिर हान्निने छ । त्यतिबेला पृथ्वीमा फर्कनुअघि शून्य गुरुत्वाकर्षणमा यात्रुहरु कैयौँ मिनेट तैरने छन ।
अवतरणको बेला अन्तरिक्ष यानको पुच्छरको भाग चराको प्वाँख झैँ बाङ्गिदै गतिलाई कम गरी भर्जिनको न्यु मेक्सिकोको मरुभुमीमा रहेको अन्तरिक्ष केन्द्रमा अवतरण गर्नेछ । जम्माजम्मी यो कार्यक्रम ९० मिनेटदेखि दुई घण्टा बीचको हुनेछ । मे २९ मा क्यालिफोर्नियाको मोजावे मरुभुमीमा गरिएको परीक्षणमा अन्तरिक्षयान २१ माइल माथिसम्म पुगेको थियो ।
सन् २०१४ को अक्टोबरमा पाइलटको त्रुटीले गर्दा भर्जिनको अन्तरिक्ष यान दुर्घटनाग्रस्त हुँदा चालक दलको एक सदस्यको मृत्यु भएको थियो । यो परीक्षण नयाँँ यानमा पछि पुनःसञ्चालन गरिएको थियो । कम्पनीले अर्काे अन्तरिक्ष केन्द्रको रुपमा इटालीको दक्षिणमा रहेको तारेन्ते–ग्रोत्ताग्ली विमानस्थल सञ्चालनमा ल्याउने सम्झौता पनि गरिसकेको छ ।
ब्रान्सनले मे महिनामा बीबीसी रेडियो चारलाई दिएको अन्तरवार्तामा आगामी १२ महिनाभित्र आफू पनि पहिलो अन्तरिक्ष पर्यटक मध्येको हुनचाहेको बताएका छन् । लगभग ६५० जना अरु इच्छुक प्रतिक्षा सूचिमा रहेका भर्जिनले एएफपीलाई बताएको छ ।
ब्ल्युअरिजिन
यता ब्ल्यू अरिजिनले पारम्परिक रकेट पद्घति पछ्याउँदै द न्यु सेफर्ड तयार गरेको छ । यो यात्रामा छ जना यात्रु एउटा क्याप्सुलभित्र बस्नेछन जुन एउटा ६० फिट लामो रकेटमाथि राखिने छ । प्रक्षेपणको केही समय पश्चात यो क्याप्सुल रकेटबाट छुट्टिने छ तर आकाशमा कैयौँ माइल माथिसम्म आफ्नो यात्रा जारी राख्ने छ । अप्रिल २९ को परीक्षणमा यो क्याप्सुल ६६ माइल माथिसम्म गएको थियो ।
केही मिनेटको भारविहीनता पश्चात क्याप्सुल पृथ्वीमा झर्न थाल्छ र यो प्रकृयालाई तीनवटा ठूला प्यारासुट र रकेटले गति कम गराइ सहयोग पु¥याउने छन ।
क्याप्सुलमा रहेका ठूला झ्यालबाट यस अवधिमा यात्रुहरुले बाह्य अन्तरिक्षको दृश्यावलोकन गर्न सक्नेछन् ।
टेक अफदेखि अवतरणसम्म पछिल्लो परिक्षणमा यो उडान जम्मा १० मिनेटको रहेको थियो । हालसम्म ब्ल्यु अरिजिनका पश्चिम टेक्सस प्रयोग केन्द्रमा डमीको मात्र प्रयोग गरिएको छ । यसका एक निर्देशक रब मेयरसनका अनुसार जुन महिनामा छिट्टै मानवसहितको पहिलो परिक्षण गरिँदै छ । कम्पनीका अर्का अधिकारी यु मात्सुतोमीले एएफपीलाई बताएअनुसार त्यस्तो परीक्षण यो सालको अन्त्यमा हुनेछ ।
त्यसपछि के ?
स्पेस एक्स र बोइङ कम्पनी नासाका अन्तरिक्षयात्रीलाई ओसार्न आफँै यस्ता क्याप्सुल बनाउन लागिपरेका छन । ढिलाइका पश्चात पनि २०२० सम्म यो कार्य सम्पन्न गर्ने उनीहरुको लक्ष्य छ र यसका लागि लगानी जुटाउने एउटा उपाय निजी यात्रु उडान हुन सक्छ ।
कोलराडो विश्वविद्यालयका सहायक डिन, बोल्डर्स कलेज अफ इन्जिनियरिङ्ग एन्ड एप्लाइड साइन्सेजका प्राध्यापक फिल लार्सन एएफपीलाई भन्छन – यदि तपाईं अन्तरिक्ष भ्रमणको सोचमा हुनुहुन्छ भने तपाईंसँग अहिले पहिलेको भन्दा चार गुणा बढी विकल्प छन ।
अलि पछिको कुरा गर्ने हो भने सोयुज रकेट बनाउने रसियन फर्म पर्यटकलाई आइएसएसमा पु¥याउने सम्भावनाको अध्ययन गर्दैछ । अनि एउटा अमेरिकन स्टार्ट–अप कम्पनी ओरिओन स्पानले अन्तरिक्षमा एउटा होटल स्थापना गरेर कक्षमा छाड्ने घोषणा गरेको थियो । यो योजना भने अझै सुरुआती चरणमा नै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस