Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

मंगलबार, ०५ भदौ २०७५, ०८ : ३७ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको सेयर किन्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

गत आव २०७४/७५ को चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले रू. १ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४० प्रतिशतले वृद्धि हो । कम्पनीले अघिल्लो आवमा रू. १ करोड १२ लाख नाफा कमाएको थियो ।

असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी ७० प्रतिशतले बढेर रू. ९ करोड ६० लाख पुगेको छ भने रिजर्भ कोषमा रू. ४ करोड ९२ लाख छुट्याएको छ । साथै कम्पनीले २०७४/७५ को चुक्तापूँजीबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्रबैङ्कबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

हाल ४५ जिल्ला कार्यक्षेत्र भएको कम्पनीले असार मसान्तसम्ममा कम्पनीले २५ जिल्लाहरुमा ४० ओटा शाखा कार्यलय स्थापना गरी ४० हजार ७ सय ६५ जना सदस्यहरुलाई गुणस्तरिय लघुवित्तीय सेवा दिंदै आइराखेको छ ।

वर्गिकरणः लघुवित्त कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. १०४६
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. २७९०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३२१
१८० दिनको औषत व्यापार मूल्यः रू. ११८८.७६

कम्पनीका महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूहः
अध्यक्षः बुद्धि अकेला
प्रमुख कार्यकारी अधिकृतः किरण कुवँर
प्रधान कार्यालयः बेसिशहर ८, लमजुङ
वेबसाइटः www.gilb.com.np
शाखाः ४५
स्टक स्टिकरः जिआईएलबी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात :

लाभांश विवरण :


आधारभूत विश्लेषण :
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा: 

  • असार मसान्तसम्ममा कम्पनीले रू. ३६ करोड ८ लाख निक्षेप सङ्कलन गरेको छ भने रू. १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप १ सय २० प्रतिशत र कर्जा प्रवाह १ सय ४१ प्रतिशतले वृद्धि हो । असार मसान्तसम्ममा कम्पनीको लगानी रू. १८ करोड १३ लाख रहेको छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ५ करोड ७५ लाख, कर्मचारी खर्च रू. ३ करोड ४३ लाख, अन्य सञ्चालन खर्च रू. १ करोड ८१ लाख र सञ्चालन नाफा रू. २ करोड ४९ लाख रहेको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४९ लाख १५ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ७६ प्रतिशत रहेको छ ।

  • कम्पनीले प्रकाशित गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू.१६ दशमलव ५३, मूल्य आम्दानी अनुपात ७५ दशमलव ५१, तरलता अनुपात १६ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५१ दशमलव २९ रहेको छ । सोमवार शेयर मूल्य नेटवर्थको ७ गुणा बढी छ ।

  • कम्पनीको अर्निङ पावर रेशियोः 

कर तिरेपछिको नाफा/कुल सम्पत्ति

  • अर्निङ यिल्ड रेशियोः 
    प्रतिशेयर आम्दानी/ प्रतिशेयर बजार मूल्य×१००


प्राविधिक विश्लेषण:

  • विक्री चापः कम्पनीको सोमवार भएको शेयर कारोबारमा अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप करीब ४ गुणा बढी थियो । सो समयसम्म ३९ कित्ता शेयर विक्री र १० शेयर खरीद गर्ने माग थियो ।

  • कम्पनीको सोमवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र:

       २१ मे २०१८                                                                   २० अगष्ट २०१८

स्ट्याण्डर्ड डेभिएशन:

           २१ मे २०१८                                               २० अगष्ट २०१८

आरएसआई :

      २१ मे २०१८                                                              २० अगष्ट २०१८

मुभिङ एभरेज :

             २१ मे २०१८                                                  २० अगष्ट २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सङ्केत गर्दछ ।

  • आरएसआईः कम्पनीको ६२ दिनको कारोबारमा आरएसआइ न्यूट्रल जोन (३३ दशमलव ९२ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीकोे ६२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २३ दशमलव ८१ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । यस्तो अवस्थामा कम जोखिम सहित प्रतिफल पनि कम हुन्छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयर मूल्य रू. १ हजार ४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य मङ्हगिएमा रू. १ हजार १ सय १० मा प्रतिरोध पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको