भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जार गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले भदौ २७ गते साधारणसभाको मिति तोकेको हो । कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेबाट सभा सुरु हुनेछ । कम्पनीले सभामा आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । साथै, १० प्रतिशत लाभांश प्रस्ताव पनि पेश हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस