बुङ्गल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको साधारण सेयर (IPO) को बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार बाँडफाँड भदौ ५ गते सम्पन्न गरिएको हो।
कम्पनीले जनाएको अनुसार अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता सेयर र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता सेयर वितरण गरिएको छ। यसरी गरी जम्मा १ हजार ९६७ जना आवेदकले सेयर प्राप्त गरेका छन्। बाँडफाँडको विवरण हिमालयन क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ भने बाँडफाँडमा नपरेका आवेदकको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिने व्यवस्था गरिएको छ।
बुङ्गल हाइड्रोले जारी पुँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरका २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो। यसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।
आयोजना प्रभावित क्षेत्रमा छुट्याइएको सेयरमध्ये ५ लाख ३९ हजार ५०० कित्ता बझाङको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) का स्थानीयलाई छुट्याइएको हो। त्यस्तै २ लाख ९० हजार ५०० कित्ता बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस