Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट बैंकहरुले कमाए ९ अर्ब बढी - ग्लोबल र नबिल बैंक अग्रस्थानमा,अन्य कुनको कति ?

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १२ : ०८ मा प्रकाशित

सेयर बजारबाट बैंकहरुले कमाए ९ अर्ब  बढी - ग्लोबल र नबिल बैंक अग्रस्थानमा,अन्य कुनको कति ?

एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले सेयर बजारबाट ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले सेयर बजारबाट कुल ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँको आम्दानी गरेका हुन्।

यो आम्दानी अघिल्लो वर्ष २०८०/०८१ को तुलनामा ५३.६० प्रतिशतले बढी हो। त्यो वर्ष बैंकहरूको सेयर बजार आम्दानी ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँ थियो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्याङ्कअनुसार सेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले सो अवधिमा ९१ करोड ६८ लाख ९३ हजार रुपैयाँ सेयर कारोबारबाट आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.८५ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्षमा बैंकको सोही स्रोतबाटको आम्दानी ५८ करोड ८ लाख ५३ हजार रुपैयाँ थियो।

सेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसले ७६ करोड ८१ लाख २४ हजार रुपैयाँ कमाएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा ४३.१३ प्रतिशतले बढी हो। पुँजी बजारबाट हुने आम्दानीमा सबैभन्दा उच्च वृद्धिदर भने सरकारी बैंकहरूले देखाएका छन्। तीमध्ये कृषि विकास बैंकको सेयर बजार आम्दानी ८८७.१७ प्रतिशतको वृद्धिसहित ५७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ।

अन्य  कुन बैंकले  कति गरे आम्दानी ?

यस्तै यो अवधिमा  राष्ट्रिय वाणिज्य बैंकको सेयर बजारबाट हुने आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको छ। बैंकको आम्दानी १५३.९७ प्रतिशतले वृद्धि भई १२ करोड ९४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । नेपाल बैंकको आम्दानी ७८.२० प्रतिशतले बढेर २० करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बजार आम्दानी ६३ प्रतिशतले वृद्धि भई ७६ करोड ६० लाख रुपैयाँ पुगेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको आम्दानी ६.०८ प्रतिशतले बढेर ७२ करोड १० लाख रुपैयाँ पुगेको छ। हिमालयन बैंकको आम्दानी ४९.९५ प्रतिशतले बढेर ६३ करोड २५ लाख रुपैयाँ पुगेको छ भने सानिमा बैंकको आम्दानी १४.६१ प्रतिशतले बढेर ५९ करोड ३३ लाख रुपैयाँ पुगेको देखिन्छ।

अन्य बैंकहरूको सेयर बजार आम्दानीमा पनि उल्लेखनीय उपस्थिति देखिन्छ। प्रभु बैंकले ५४ करोड २६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड ९३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४२ करोड ४१ लाख रुपैयाँ, कुमारी बैंकले ४० करोड ९३ लाख रुपैयाँ, एनएमबि बैंकले ३६ करोड ५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३३ करोड २१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३० करोड २७ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले २८ करोड ८ लाख रुपैयाँ, प्राइम बैंकले २४ करोड ३ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १६ करोड २७ लाख रुपैयाँ सेयर बजारबाट आम्दानी गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको