अर्थ संसार,
काठमाडौं । सानिमा बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमविच सुदुरपश्चिमका १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाहलाई सरल वनाउन साझेदारी भएको छ ।
सो साझेदारीपत्रमा सानिमाका नायव प्रमुख कार्यकारी तेजवहादुर चन्द र सक्षमका टोली नेता बलजित बोहराले हस्ताक्षर गरे । १३ जिल्लामा विपन्न वर्ग कर्जा, साना तथा मझौला कर्जा कृषी कर्जालाई सहज बनाउनको लागि बैंकले कालिकोटमा शाखा खोल्ने छ । कर्जाको लक्षित जिल्ला झापा, धादिङ, चितवन, सुनसरी, बाँके, संखुवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् ।
बैंकले कालिकोटबाट निक्षेप र कर्जावाहेक अन्य सेवाहरु पनि दिने छ । सो कार्यक्रममा बैंकका नायव प्रमूख कार्यकारी चन्दले स–साना रकमहरु लिनका लागि अझैपनि सहकारीहरुमा जाने गरेका छन् । बैंकमा जादा विभिन्न प्रक्रिया पुरा गनुपर्छ त्यसमाथि धितो राख्नुपर्ने हुन्छ जुन प्रक्रिया लामो हुन्छ । यसलाई सहज बनाउनको लागि हामी लागिरहेका छौ ।
१३ असोज, ०७३
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस