Like us!
Follow us!
Connect us!
Watch us!

बजार दोहोरो अंकले उकालो, खरिदमा लगानीकर्ताको चाप

आइतबार, १७ पुस २०७३, १६ : ३० मा प्रकाशित

बजार दोहोरो अंकले उकालो, खरिदमा लगानीकर्ताको चाप

अर्थ संसार

काठमाडौं–अफसिजनमा समेत सेयर बजारले उकालो यात्रा तय गरेको छ । बजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेर १४६५.७२ अंकमा पुगेको छ । यसले बजार अब उकालो लाग्ने संकेत गरेको छ । बजार खुलेको साताको पहिलो दिन आइतबार बेच्नेभन्दा किन्ने धेरै भए । यसले गर्दा बजार २२ अंकले उकालो लाग्यो । खुलेपछि लगातार उकालो लागेको बजार दिउँसो १ बजेसम्म ३२ अंकले बढेको थियो । त्यसपछि केही घटेको बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा २२ अंकले बढेको थियो । 

यस दिन समग्र बजार पूँजीकरण १६ खर्ब४० अर्ब पुगेको छ । समग्र बजार हरियो भएका बेला कारोबार रकम ५७ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा करिव १ करोड ५० लाख रुपैयाँले बढी हो ।  यसदिन बजारमा १३४ कम्पनीका १३ लाख ७ हजार कित्ता सेयर किनबेच भएको छ।

यस यस दिन वित्त र उत्पादन समुहबाहेक सबै उपसुचकमा हरियाली छाएको छ । वाणिज्य बैंक समूह सूचक २९ अंकले बढेको छ । यसैगरी होटल समुह ३५.६४, विकास बैंक २३.२१, जलविद्युत २६.१, वीमा २७.६७ र अन्य ७.५२ अंकले बढेका छन् । दुई उपसूचक वित्त शून्य दशमलव ०७ र उत्पादन समूह ३९.८६ अंकले घटेका छन् । 

यसदिन मञ्जुश्री फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी करिब ९ प्रतिशतले बढेको छ । हाम्रो विकास बैंक, प्रिमियर इन्स्योरेन्स, देव विकास बैंक, शाइन रेसुङ्गा,नाङी ग्रुप, एभरेष्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले राम्रो कमाएका छन् । उता गुमाउनेमा गुडविल फाइनान्स, बोटलर्स नेपाल, अपि हाइड्रो, ग्रिन डेभलपमेन्ट, नेपाल लाइफलगायतका कम्पनीका लगानीकर्ता छन् । 

यस दिन नेपाल टेलिकमको सबैभन्दा बढी ९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । टेलिकमले फोरजी सार्बजनिक गरेकै दिन मूल्य समेत ८ रुपैयाँले बढेर कारोबार भएको छ । टेलिकममा बैदेशिक साझेदार भित्र्याउने तयारीले पनि लगानीकर्ता आकर्षित भएका छन् । यसपछि नेपाल लाइफ, एभरेस्ट बैंक, लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि २ करोडभन्दा बढीको कारोबार भएको छ ।  

यो पनि पढ्नुहोस

जलविद्युत लगानी तथा विकास कम्पनीको बुक क्लोज कहिले ?

सूर्योदय लघुवित्तलाई एसएलविएस कोड, आजदेखि कारोबार

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

किन चिन्ता ?

मनाइयो टोपी दिवस

टेलिकमले सुरु गर्यो फोर जी सेवा

नयाँ बर्षमा संचारकर्मी पौडेलको म्युजिक भिडियो दर्शकमाझ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको