Like us!
Follow us!
Connect us!
Watch us!

बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

अर्थ संसार

विहीबार, २५ पुस २०८१, १६ : ५० मा प्रकाशित

बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्समा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए। अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउँदै उनले बीमाको पूजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने उल्लेख गरे।

‘बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ। यसका लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ। सबै क्षेत्र चलायमान हुन जरुरी छ,’ उनले भने।

अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाख भन्दा बढीले रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे। उनले बीमाको प्रिमियम बढी भएको , बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे। अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नु भन्दा कम्पनीलाई नै स्वयम जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव समेत दिए।

कूल जनसंख्याको ४४ प्रतिशतमा पुगेको बीमाको पहुँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले बीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको