Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीकै बाटो पछ्याउदै नारायणी,खराब कर्जा ४० प्रतिशत नजिक पुग्दा पनि राष्ट्र बैंक मौन

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १२ : ०७ मा प्रकाशित

कर्णालीकै बाटो पछ्याउदै नारायणी,खराब कर्जा ४० प्रतिशत नजिक पुग्दा पनि राष्ट्र बैंक मौन

राष्ट्र बैंकले यहि पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै बैंक तथा वित्तिय संस्थामाथी डर पैदा भएको छ । 

खराब कर्जा र ऋणात्मक पूँजी कोष कर्णाली विकास बैंक समस्याग्रस्त हुनुको प्रमुख कारण भएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीको खराब कर्जा ४० प्रतिशत नाघेको छ ।  यसरी खराब कर्जालाई आधार मान्ने हो भने नारायणी डेभलपमेन्ट बैंकले पनि कर्णालीकै बाटो पछ्याएको देखिन्छ ।

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ३४.८१ प्रतिशत पुगेको हो । खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाही गर्ने गर्ने व्यवस्था छ । तर, राष्ट्र बैंक मौन अवस्था रहेको छ ।  नारायणीको वित्तिय अवस्था बिग्रिदै जादाँ राष्ट्र बैंकले बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको स्थलगत अनुगमनका आधारमा पटक–पटक कारबाही गरिसकेको छ । बैंकलाई राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै आठपटक नगदसहित कारबाही गरेको छ । 

२०७० चैत २७ गते नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको नारायणी डेभलपमेन्ट बैंक ७ वर्षपछि २०७७ सालमा उक्त घोषणा फुकुवा भएको हो । तर, पछिल्लो समय बैंकको वित्तीय सूचकले पुनः समस्याग्रस्त कै लाइनमा बैंक गइरहेको देखिन्छ ।

नारायणीको चुक्तापूँजीे २६ करोड २४ लाख रुपैयाँ छ भने कर्णालीको ५० करोड २८ लाख रुपैयाँ रहेको छ । नारायणीको जगेडा कोष १९ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी समेत ऋणात्मक छ ।  बैंकले पहिलो त्रैमासमा ५९ करोड ९२ लाख ७४ हजार सात सय ४४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुद व्याज आम्दानी ४३ लाख ६६ हजार ९२ रुपैयाँले ऋणात्मक देखिएको  छ । यो अवधिमा बैंकले ४८ लाख ५० हजार नौ सय ९३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ  ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार बैंकले निक्षेपकर्ता, सेयरधनी, साहु वा सर्वसाधारणको हितविपरीत हुने गरी कुनै कार्य गरेमा, वित्तीय दायित्व पूरा नगरेमा वा गर्न नसक्ने अवस्थामा पुगेमा, दामासाहीमा परेमा वा आर्थिक कठिनाइ भोगिरहेको अवस्थामा, ऐनविपरीतका कार्य गरेमा, झुटा जालसाजी वा गलत कागजात वा तथ्य पेस गरी इजाजत पत्र प्राप्त गरेमा र न्यूनतम चुक्ता पुँजी कोष कायम नगरेमा समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ ।

नारायणीको अवस्था हेर्दा राष्ट्र बैंक समयमै सचेत हुनुपर्ने बेला आइसकेको जानकारहरुको भनाई छ  । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको