बैंकले १ बराबर २ दशमलव २५ अनुपातमा हकप्रद शेयर जारी गरेकाले चुक्तापूँजी बढेको हो । बैङ्कले रिजर्भ कोषमा रू. ३ करोड ९६ लाख छुट्याएको छ । बैंकले निक्षेपकर्ता, ऋणी, शेयरधनीलगायत सम्पूर्ण सरोकारवालाको सर्वोत्तम हित संरक्षण गर्दै सबै पक्षलाई लाभान्वित हुने गरी व्यवसाय विकास विस्तार गरेको छ । साथै, ३ जिल्लाका विभिन्न स्थानमा प्रधान कार्यालयसहित १५ ओटा शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
असार मसान्तसम्ममा बैंकले रू. २ अर्ब ४८ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. १ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप २४ प्रतिशत र कर्जा प्रवाह १३ प्रतिशतले वृद्धि हो ।
-
बैंकको खुद ब्याज आम्दानी रू. ७ करोड ३० लाख, कर्मचारी खर्च रू. ३ करोड ५० लाख, अन्य सञ्चालन रू. ३ करोड ९० लाख र सञ्चालन नाफा रू. १ करोड ६० लाख रहेको छ । स्थिर सम्पत्ति रू. ७ करोड ९४ लाख र अन्य सम्पत्ति रू. ११ करोड ७ लाख रहेको छ ।
-
बैंकले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ७२ लाख ५० हजार छुट्याएको छ । निष्क्रिय कर्जा ३ दशमलव ३६ प्रतिशत रहेको छ । पूँजीकोष पर्याप्तता २९ दशमलव ९१ प्रतिशत, पूँजी कोष लागत ७ दशमलव ३५ प्रतिशत र सीडी रेशियो ४८ दशमलव ७१ प्रतिशत रहेको छ ।
-
गत आवको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६, तरलता अनुपात ६७ दशमलव ७६ प्रतिशत, मूल्य आम्दानी अनुपात २० दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १ सय ७ दशमलव ८८ रहेको छ । बिहीवारको शेयर मूल्य रू. १ सय ५ रहेको छ । यो नेटवर्थभन्दा कमी रहेको हो ।
-
अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति
-
अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००
प्राविधिक विश्लेषण
प्रतिक्रिया दिनुहोस