Like us!
Follow us!
Connect us!
Watch us!

३८ लाख बैंक खाता थपिए

मंगलबार, १३ कार्तिक २०७५, ०९ : १२ मा प्रकाशित

३८ लाख बैंक खाता थपिए

अर्थ संसार, काठमाडौं- गएको एक वर्षमा बैंक तथा वित्तीय संस्थामा झन्डै ३८ लाख नयाँ निक्षेप खाता खुले। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब १९ प्रतिशतले बढी हो ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारसँगै वित्तीय साक्षरता पनि बढेकाले नयाँ खाता संख्या बढेको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म दुई करोड ३५ लाख ४४ हजार निक्षेप खाता खुलेका छन्। गत वर्षको सोही अवधिको तुलनामा ३७ लाख ९० हजारले बढी हो।

०७४ भदौमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संख्या एक करोड ९७ लाख ५४ हजार थियो। निक्षेप खाता बढ्नुले वित्तीय पहुँच विस्तारको संकेत गर्छ । यसको अर्थ थप करिब ३८ लाखमा वित्तीय पहुँच पुग्यो भन्ने होइन । बैंक तथा वित्तीय संस्थामा कै व्यक्तिका पनि धेर निक्षे   खाता हुन्छन । संघसंस्थाले पनि बैंक खाता खोलेका हुन्छन । यसकारण खाता संख्या बढदैमा सोही अनुपातमा व्यक्तिपिच्छे वित्तीय पहुँच बढेको हुँदैन ।

पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारसँगै खाता संख्या पनि उल्लेख्य रूपमा बढेको विज्ञहरू बताउँछन्। सबै कार्यालयले बैंक खातामार्फत कर्मचारीलाई तलब सुविधा भुक्तानी गर्नुपर्ने, सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लगायत सरकारी नीतिले पनि खाता वृद्धिमा सहयोग पुगेको उनीहरूको भनाइ छ ।

पछिल्ला वर्षमा बैंकिङ क्षेत्रको राम्रो विस्तार भएको र यसले वित्तीय पहुँच पनि बढाएको पूर्वबैंकर शसिन जोशीले बताए । ‘केही संख्यामा डुप्लिकेसन पनि होला तर समग्रमा वित्तीय पहुँच बढेको छ,’ उनले भने, ‘व्यावसायिक
विस्तारले वित्तीय पहुँचमा टेवा पुगेको छ ।’ सबै स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीति, सहरोन्मुख अर्थव्यवस्था, वित्तीय साक्षरता वृद्धिलगायतका कारण बैंक खाता बढेको उनको भनाइ छ ।

शाखा सञ्जाल विस्तार र खाता संख्या वृद्धिको अवस्था हेर्दा हाल औपचारिक रूपमा वित्तीय पहुँच धेरै बढेको हुनुपर्ने उनले बताए । ‘बालिग
जनसंख्यामा वित्तीय पहुँचको अवस्था हेर्दा करिब ६५ देखि ७० प्रतिशत पुगेको हुनुपर्छ,’ उनले भने। राष्ट्र बैंकको तथ्यांकअनुसार हाल कुल जनसंख्याको करिब ४० प्रतिशतले मात्र औपचारिक रूपमा वित्तीय पहुँच पुगेको छ । यो बैंक तथा वित्तीय संख्याबाट मात्र वित्तीय सेवा लिइरहेका नागरिकको संख्या हो।

सहकारीलगायत अन्य बचत ऋणको कारोबार गर्ने संघ/संस्थाबाट करिब २१ प्रतिशतले वित्तीय सेवा लिइरहेका छन्। निक्षेप खाता वृद्धि वित्तीय पहुँच विस्तारको एक महत्वपूर्ण सूचक भएको पूर्वबैंकर अनिल ज्ञवालीले बताए । ‘पछिल्ला वर्षमा वित्तीय पहुँच वास्तवमै बढेको छ, यो धेरै सकारात्मक पक्ष हो,’ उनले भने । पुँजी वृद्धिपछि बैंक तथा वित्तीय संस्थालाई व्यवसाय विस्तारको दबाब र प्रतिस्पर्धा बढेपछि गाउँगाउँमा शाखा विस्तार भएको उनले बताए ।

गएको वर्ष धेरले शाखा संख्या बढे पनि यसकै आधारमा वित्तीय पहुँच बढ्यो भनेर बुझ्न नहुने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘ठ्याक्कै संख्या थाहा नभए पनि खाता संख्या धेरले  बढेको छ,’ उनले भने,‘ यसमा केही त डुप्लिकेसन पनि होला ।’ वित्तीय पहुँच विस्तारका लागि राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाले शाखा विस्तार शाखा संख्या वृद्धिमा टेवा पुगेको उनले बताए ।

पछिल्ला वर्षका हरक बजे टमा सरकारले वित्तीय पहुँच वृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । सोही क्रममा सरकारले सबै नेपालीको पहुँचमा बैंक खाता पुर्याउने लक्ष्य पनि लिएको छ । सरकारी कारोबारका लागि भन्दै सबै (७ सय ५३ वटै) स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पुर्याउने सरकारको योजना छ ।

यो योजनाअन्तर्गत हालसम्म ६ सय ७७ स्थानीय तहमा बैंक पुगिसकेका छन्। यसकारण पनि एकै वर्षमा धेर खाता खुलेको बैंकरहरू बताउँछन्। गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले ४ हजार ३ सय २२ वटा शाखामार्फत मुलुक भर वित्तीय सेवा दिइरहेका छन्।

खारहित बैंकिङ केन्द्र छन्। भदौसम्म मोबाइल बैंकिङका सेवाग्राही ५० लाख ८६ हजार पुगेका छन् भने ८ लाख ३४ हजारले इन्टरनेट बैंकिङ सेवा लिइरहेको राष्ट्र बैंकको तथ्यांक छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको